उदयपुरः आज बिहान उदयपुरमा भएको ट्रिपर दुर्घटनामा सहचालकसहित २ जनाको ज्यान गएको छ ।
ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी –१४ को रानीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा ट्रिपरका सहचालक सिन्धुलीको दुधौली नगरपालिका–११ का २० वर्षीय लीलबहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका– ५, भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।