इटहरीः इटहरी ९ मा रहेकाे डिभिएम स्कुलले चर्चेकाे सार्वजनिक जग्गा खाली गराउन थप दुइ दिन म्याद दिइएकाे छ । हिजाे इटहरी नगरपालिका परििसरमा बसेकाे बैठकमा सहमती जुट्न नसकेपछि मेयर द्वारीकलाल चाैधरीले कार्यालयमा ५ बजे पत्रकार सम्मेलन गरि साेमवार विहान ६ बजे डाेजर लिएर स्कुलकाे संरचना भत्काउने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलन पश्चात विद्यालयकाे पक्षबाट ध्रुव सुब्बाले मेयर चाैधरीलाइ १५ दिनकाे समय माग गरेका थिए । मेयरले समय दिन नसक्ने भनेपछि सुब्बाले एकहप्ताकाे मात्र समय भएपनि दिन अग्रह गरेका थिए ।  मेयर दुइ दिन भन्दा बढि समय दिन नसक्ने भन्दै अाफु सम्पुर्ण तयारीका साथ रहेकाे जवाफ फर्काए ।

दुइ दिन समय दिन इच्छुक रहेपछि अाज विहान हुने सम्भावित समस्या केहि समयका लागि हल भएपनि डिभिएमले के सहमती गर्ला हेर्न बाँकि छ 

हिजाे भएकाे पत्रकार सम्मेलनमा मेयर चाैधरीले ४ विकल्प खुल्ला गरेकाे बताएका थिए । उनले स्कुलकाे संरचना बनेकाे जमिन सट्टापट्टा गनेर्, स्कुलकाे संरचनाकाे लगत स्टीमेट गरेर लागेकाे खर्च किस्तामा नगरपालिकाबाट भराउन । विद्यालयले स्कुल प्रयाग गरेवापत नगरपालिकालाइ भाडा तीर्ने, त्याे पनि अर्काे व्यवस्था नहुन्जेल सम्मका लागि । यदि त्यसाे गर्न नमाने विद्यालयकाे सिमेन्टड संरचना भत्काउने र विद्यालय भवनकाे स्कुल, लाइव्रेरी, अफिस र मुल गेटमा ताला लगाइ शिलन्यास भएकाे जनता पार्ककाे कामलाइ अघि बढाउने ।

मेयरले दिएका यि विकल्पमा कुरा नमिले पनि मेयरले भत्काउने चेतावनीसहितकाे पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा अाक्रमणरूपमा प्रस्तुत भएका मेयर चाैधरीले सुरक्षाकर्मीकाे समेत राय लिएर फाेर्स तयारी अवस्थामा राखेकाे जानकारी दिएका थिए ।

मेयरले साँच्चै भत्काउने नै भए भनेपनि विद्यालय पक्ष गम्भिर बन्दै दुइ दिनमा उचित विकल्प दिन तयार भएकाे छ ।

सार्वजनिक जग्गा चर्चेर भवन बनाएकाे भन्दै विद्यालय क्षेत्रकाे सार्वजनिक जग्गा खाली गराउन इटहरी उपमहानगरपालिकाले स्कुललाइ तागेता गरिरहेकाे छ ।