विराटनगर: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सुशासनयुक्त बनाउने बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न सरकार गम्भीर रहेको भन्दै सबै पक्षसँग सोहिअनुसारको समन्वयमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशले सोचअनुसारको काम गर्न नसकेको स्विकार्दै उनले भने ‘पुरानै ढर्राको सोच सबैसँग कायमनै छ, हाम्रो सोचमा परिवर्तन आवश्यक छ ।’ उनले नैतिक मुल्यको जगमा उभिएर नागरिकप्रति उत्तरदायी हुनुपर्ने तर्क प्रस्तुत गरे । कतिपय अवस्थामा प्रदेश सरकारले चाहेर पनि गति लिन नसकेको भन्दै माथिल्लो तहले प्रदान गर्नुपर्ने कानुनी अधिकार नआएसम्म सोचेअनुसार काम गर्न नसकिएको जानकारी दिए ।
संवैधानिक व्यवस्थाको मर्मलाई आत्मसाथ गर्दै सबै कर्मचारी र नेतृत्व तहले जनहितमा काम गर्नुको विकल्प नरहेको दाबी गरे । हिजो जस्तै व्यवस्था भए परिवर्तन व्यवस्थाप्रति नै प्रश्न उठ्न सक्ने भन्दै अब कुनै पनि बहानामा काम नगर्ने छुट कसै लाइ नभएको स्पष्ट पारे । ‘हामी प्रदेशको समृद्धि र विकासमा लम्किरहेका छौँ, विकासको गतिमा हिँडेको सरकारलाई कुनै पनि कुराले छेक्दैन ।’ उनले भने ।
उच्चस्तरिय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिकाले गरेकाे अन्तर्क्रिया कार्यक्रममा समितिका सभापती एवंम काशीराज दाहालले संविधानकाे मर्मअनुसार समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । उनले सेवा प्रवाहामा पुरानै कुरा दाेहाेरिए जनतामा व्यवस्था परिवर्तप्रति वितृष्णा पैदा हुने भन्दै नवीन साेच र जाेशअनुसार सबै पक्षले काम गर्नुपर्ने बताए ।