झापाः नेकपाका नेता झलनाथ खनालले संविधानले दिएकाे हकलाइ कसैले पनि कुण्ठित गर्न नहुने बताएका छन् । अाज वृतामाेडमा पत्रकारसँग कुरा गर्दै खनालले मिडिया काउन्सिलबारे असहमत जनाउँदै अान्दाेलनमा उत्रिएका पत्रकारहरू गलत नभएकाे तर्क गरेका हुन् ।

पत्रकारकाे अान्दाेलनले प्रेसलाइ झन मर्यादित बनाउने काममा सघाउ पुर्याएकाे भन्दै अापत्ति जनाउन नहुने बताए । उनले संविधानले परिकल्पना गरेभन्दा सरकार फरकढंगले हिँड्न नसक्ने स्पष्ट पार्दै भने 'हामी सरकारलाइ गलत दिशामा हिँड्न दिने छैनाै ।'

खनाल गृहजिल्ला इलामा जाने क्रममा झापाका संचारकर्मीसँग साक्षात्कार गरेका हुन्र ।