इनरुवाः सुनसरीको हरिनगर गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
हरिनगर गाउँपालिकाको सहयोगमा ७ वटै वडाका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । ज्येष्ठ नागरिक जिउँदो इतिहास भएकाले सम्मान गरिएको महिला तथा बालबालिका शाखाका इञ्चार्ज अम्बिका खतिवडाले जनाए ।
मङ्गलबार हरिनगरा उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरी ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई फलफूल हर्लिक्स साडी, छाता, धोती, गम्छा, कुर्तासहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।
९२ वर्षीया कनवादेवी झाँगडसहित ७० वर्ष भन्दा माथिको उमेर समूहका ६० जनालाई सम्मान गरिएको उनले बताए ।