धरान/ नेवारी समुदायमा प्रचलित गाईजात्रा आज धरानमा पनि विभिन्न झाँकीसहित मनाइएको छ । सिद्धि नेवा परिषद् धरान–७ बाट निस्किएको ¥यालीले धरानका विभिन्न स्थानको परिक्रमा गरेको थियो । नगर परिक्रमापछि शोकाञ्जली रामायण वाचन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
धरानमा आजभन्दा ७५ वर्ष अघिदेखि गाईजात्रा मनाउन थालिएको पाइन्छ । २०१० सालदेखि भने धरानमा व्यवस्थित रूपमा गाईजात्रा मनाउन थालिएको अनुसन्धाता हरेराम कर्माचार्य बताउँछन् ।
हेरौं, गाईजात्राको अवसरमा सोमबार धरानमा निकालिएको झाँकीका केही दृश्य । तस्बिरहरूः उपेन्द्र चाम्लिङ