इटहरीः इटहरी ९ मा रहेकाे डिभिएम स्कुलका संरचना भत्काउन मेयर द्वारिकलाल चाैधरीले डाेजर लिएर पुगेका छन् । मेयर चाैधरी सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीसँग सुरक्षा मागे पनि सुरक्षा नदिने भन्दै इन्कार गरेकाे बताइएकाे छ ।

चाैधरीले विद्यालय पक्षलाइ दिएकाे थप दुइ दिनकाे म्याद बारे अझै सहमती हुन सकेकाे थिएन । सहमतीमा पुग्न समय लागेकाे हुँदा चाैधरी नगरप्रहरीसहित अहिले डिभिएम स्कुल पुगेका छन् । उनले विद्यलयलाइ तुरून्त अाफुले चर्चेकाे सार्वजनिक जग्गा छाड्न निर्देशन जारी गरिसकेका छन् ।

यस अघि पटक पटक सार्वजनिक जमिन छाड्न उनले निर्देशन दिएका थिए । तर अहिले सम्म विद्यालय पक्षले साेहि स्थानमा विद्यालय चलाइरहकाे छ । 

विद्यालय पक्षका ध्रुव सुब्बाले मेयर डाेजरसहित विद्यालयमा अाएकाे सहि भएकाे बताए । उनले बाहिर हल्ला अाए जस्ताे कुनै अप्रिय घटना हुन नदिने भन्दै भत्काउनै पर्ने भए विद्यालय पक्ष अाँफैले भत्काउने जानकारी दिए ।

'हामी पनि सचेत छाैँ, भत्काउने पर्ने अवस्था अाए हामी अाँफै भत्काउँछाै । वहाँहरूलाइ दुख दिदैनाैँ' उनले भने ।

उनले बाँकि विषयमा छलफल चलिरहेकाे हुँदा विद्यालय र नगरपालिकाबिच सहमतीका साथ उचित निस्कर्ष निस्कने दाबी गरे ।