धरानः आज दिनभर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव पोस्टमार्टम स्थल स्तब्ध बन्यो । सोमवार राती हत्या गरिएका ९ जना र आत्महत्या गरिएको भनिएका थप एकसहित दश शब पोस्टमार्टमका लागि विपी प्रतिष्ठानकाे मर्चरिमा राखिएका थिए ।
धारिलो हतियार प्रयोग गरि विभत्सढंगले हत्या गरिएको उक्त घटना सुन्दै मात्र पनि आङ सिरिङ्ग हुन्छ । धरान, इटहरी र उर्लावारीमा रहेका आफन्तहरु मंगलवार साँझ धरानको वीपी प्रतिष्ठान ल्याइएका शव हेर्न बुधवार विहानै देखि पुगेका थिए । आफन्तहरु भेला भए पछि प्रतिष्ठानको मर्चरी क्षेत्र भावविह्वल भयो । आफन्तहरु शोकमग्न भए ।

pachathar hatya kanda pradeshportal.com

त्यहाँ भेला भएका आफन्तहरुले यस अघि भएको घटनालाई सामान्य रुपमा लिँदा यति ठुलो क्षती भएको गुनासो गरे । केहि समय अघि हत्या गरिएका परिवारलाइ लक्षित गरेर खानामा सिसाको टुक्रा मिसाइएको घटनालाई प्रहरीले गम्भिरढंगले अनुसन्धान नगरेको स्थानीय प्रेम बहादुर फियाकले गुनासो गरे । कसले हत्या गर्न खोजिरहेको थियो त्यो बारे प्रहरीले मिहिन अनुसन्धान गर्न चुक्दा ९ जनाले अकालमा ज्यान गुमाउनु परेको मृतक धनराजका भाई दीपेश सेर्माले जानकारी दिए । उनको परिवारका दाइसहित परिवार नै सखाप भएको छ ।

pachathar hatya kanda pradeshportal (2)
दाइ धनराजसहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता सेर्मा, १३ वर्षीया नातीनी युवाना सेर्मा, ६ वर्षीय मुना सेर्मा र ८ वर्षीय इच्छा शेर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो । त्यस्तै ७४ वर्षीय बमकुमार फियाक, उनकी श्रीमति ७१ बर्षीया फर्सिमाया फियाक, ३१ वर्षीया छोरी मनकुमारी फियाक र जेठी सासुकी १३ वर्षीया छोरी श्रेया फियाकको हत्या भएको थियो । 60621379_2048794315231551_1006607795786612736_o 1
मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको हत्यामा फियाक परिवारका ज्वाइ मानबहादुर माखिमको संलग्ना रहेको आफन्तले आशंका भए पनि उनि एक्लैले मात्र हत्या गर्न नसक्ने भन्दै यो घटनालाई यहि टुँगयाउने गरि जान नहुने उनिहरुको भनाइ छ ।

वडा नम्बर ३ का अध्यक्ष हस्तराज फियाकले पनि दाेषि मानबहादुर नै भए पनि शंका उत्पन्न भएका स्थानकाे उचित जवाफ अनुसन्धानका लागेका व्यक्तीले दिनुपर्ने तर्क गरेका छन् ।

pachathar hatya kanda pradeshportal (1)