पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमी बजारमा एक युवक युवकको शव बन्द कोठाभित्र फेला परेको छ ।

अन्दाजी ३५ वर्षीय सुरेन लिम्बूको शव बुधबार साँझ साढे ६ बजे भेटिएको प्रहरीले जनाएको छ । उनी केही दिन अघिमात्र वैदेशिक रोजगारबाट फर्किएको स्थानीयले बताए । उनकी श्रीमतीले केही दिन अघिमात्र दोस्रो विवाह गरेकी थिइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।