बेलबारीः मोरङको सुन्दरहरैचा १० मा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खोर्साने–केराबारी सडक खण्डमा को १ ख ४३५५ नम्बरको ट्रिपरको ठक्करबाट केराबारी–९ देवीझोडा बस्ने बमबहादुर बस्नेतको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशातिर गइरहेको मे ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेत घाइते भएका थिए । ट्रिपरको ठक्करबाट घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक पोष्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले बताए ।
ससुरालीमा देवाली मनाउन जाँदै गरेका बस्नेतको मृत्यु भएको प्रहरीको भनाइ छ । मोरङ, झापा तथा सुनसरी क्षेत्रको मुख्य राजमार्गमा ट्रिपरलाई टाइम कार्ड लागू गरिएको छ ।