भोजपुरः भोजपुरको अरुण गाउँपालिका– ५ याकुमा खहरे खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ स्थानीय २५ वर्षीया शर्मिला श्रेष्ठकी ६ वर्षीया छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासँग घर फर्कँदै गरेकी सन्दीपाको खहरेको भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।