इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई गरेको दुुव्र्यवहारप्रति नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
बिहीबार महासङ्घका सचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा राज्यको जिम्मेवार व्यक्तिबाट भएको दुव्र्यवहार निन्दनीय र गैर जिम्मेवार भनी टिप्पणी गरिएको छ ।
इटहरीका पत्रकार विकल रेग्मी र कृष्ण बहाब भट्टराईलाई जेठ ८ गते कार्यालय परिसरमा मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । सो विषयमा महासङ्घको सुनसरी शाखाले उक्त कार्यको विरोधस्वरूप विज्ञप्ति निकाल्दै मेयरको कदमको विरोध गरेको थियो । सुनसरी शाखाले दिएको सूचनाको आधारमा केन्द्रीय समितिले निकालेको उक्त विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि दुव्र्यवहार हुनु आफँैमा निन्दनीय र गैरजिम्मेवार कार्य हो ।’
मेयरको कदमले संविधानले प्रदत्त गरेको अधिकारको हनन गरेको समेत महासङ्घको निष्कर्ष छ । ‘यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासङ्घको ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले निर्भयका साथ समाचार सङ्कलन गर्ने वातावरण सिर्जना गर्नसमेत सम्बन्धित निकायसँग माग गरेको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्दै सुरक्षित रूपमा काम गर्ने अवस्थाको सिर्जना गर्न सरकारी पक्षलाई आग्रहसमेत गरिएको छ ।