भोजपुरः भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १४ बोयामा घाँस काट्न गएकी ६० वर्षीया सीता बुढाथोकीको डिलमाथिबाट झरेको ढुङ्गाले किचेर मृत्यु भएको छ ।
ढुङ्गाले किचेर खुट्टा च्यापिँदा गम्भीर घाइते भएकी बुढाथोकीको समयमा उद्दार गर्न नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सो ढुङ्गा प्रहरी र स्थानीयले मात्र हटाउन नसकेपछि स्काभेटरको सहायताले हटाइएको थियो ।
मृतक बुढाथोकीको शव आवश्यक कानुनी पक्रिया पूरा गरी पोस्टमार्टमका लागि सङ्खुवासभा पठाइएको प्रहरीले जनाएको छ ।