बेलबारीः बेलबारी नगरपालिकाले जिल्लामै सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरूपण गरेको न्यायाधीशसहित आएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला अदालतबाट आएको न्यायाधीशसहितको टोलीले अनुगमन गरेको थियो । शुक्रबार अनुगमनमा आएको जिल्ला न्यायाधीश नवराज दाहाल नेतृत्वको टोलीले सफ्टवेयरमार्फत् जिल्लामै पहिलो पटक बेलबारीले मुद्दा हेर्ने गरेको बताएका छन् ।
‘तालिका नै बनाएर काम गरेको भेट्यौँ’, न्यायाधीश नवराज दाहालले भने, ‘यति व्यवस्थित अन्यत्र भएको देखिँदैन । अदालतकै जस्तो पेशीसहित मुद्दाहरू हेरेको देख्दा म आफैँ छक्क परँे । काम पनि छिटो, छरितो भएको भेटेँ ।’
शाखा अधिकृत युवराज पौडेलले बेलबारीको न्याय सम्पादनका गतिविधि, नमुना भएको देख्न पाइएको बताए । उपमेयर तथा न्यायिक समिति संयोजक ढाकाकुमारी पराजुलीसँग कुराकानी गर्दै अनुगमन टोलीले बेलबारीबाट जिल्लामा जाने मुद्दाहरूसमेत छिटै मिल्ने गरेको बताएका छन् ।
‘उपमेयरकै कार्यकक्षमा दैनिक हुने छलफल तथा मेलमिलापका लागि सूचना पाटीकै स्थापना गरिएको रहेछ’, पौडलले भने, ‘अन्यत्र यति व्यवस्थित छैन । बेलबारीमा परेका उजुरीमध्ये सबैभन्दा बढी मेलमिलापका माध्यमबाट समाधान गरेको पाइएको समेत टोलीले जनाएको छ ।