इटहरीः तिम्सिना समाज नेपालको प्रदेश नम्बर १ मा हरि तिम्सिना चयन भएका छन् । इटहरी २ मा अवस्थित तिम्सिना कुल पूजा मन्दिरमा भएको भेलाबाट उपाध्यक्षमा भवकृष्ण तिम्सिना, सचिव निरोज तिम्सिना, सहसचिव बालकृष्ण तिम्सिना, कोषाध्यक्ष अम्बिका थापा तिम्सिना लगायत १४ सदस्य चयन भएका छन् ।
समाजका केन्द्रीय अध्यक्ष तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक नम्बर प्रदेशका २ सय भन्दा बढी तिम्सिना बन्धुको उपस्थिति रहेको थियो । दाजुभाइ भएर पनि चिनजान नरहेकाले सम्पूर्ण प्रदेशमा तिम्सिना समाज गठन गर्दै आएको र प्रदेश नम्बर १ मा पनि सो कार्य गरिएको समाजका केन्द्रीय सचिव टपेन्द्र तिम्सिनाले बताए । अहिले सम्म प्रदेश न. १, २ र ४ मा समिति चयन गरिसकिएको बताइएको छ ।