धरानः धरान–१६ स्थित नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलमा अन्तर सदनस्तरीय गायन प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।

विद्यालयका निर्देशक शैलेश आचार्यका अनुसार प्रतियोगितामा २४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये शुक्रबार भएको अडिसनमा ८ जना विद्यार्थी फाइनल राउण्डका लागि छनोट भएका छन् ।

प्रतियोगिताको निर्णायकमा अरुण मोक्तान रहेका छन् । विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्न गायन प्रतियोगिताको आयोजना गरिएको स्कुलका निर्देशक शैलेश आचार्यले जानकारी दिए । प्रतियोगिताको फाइनल आगामी कात्तिक महिनामा हुने उनको भनाइ छ । शुक्रबार भएको अडिसनमा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप भण्डारीले अध्यक्षता गरेका थिए ।