धरानः धरानका सञ्चारगृह सङ्गठित भएका छन् । शनिबार धरानमा भएको छापा माध्यमका सञ्चालकहरूको भेलाले सञ्चार गृह सङ्घ नेपाल धरान गठन गरेको हो ।

औजार प्रकाशन सहकारी संस्थाका अध्यक्ष मोतीराज सुनुवारको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा पिपुल्स मिडिया सर्भिस नेपाल प्रालिका प्रबन्ध निर्देशक सागर भट्टराई र सचिवमा फास्ट मिडियाका केशव घिमिरे चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा कोशी मिडिया ग्रुप प्रालिका अध्यक्ष शङ्कर घिमिरे, धरान साप्ताहिकका सम्पादक÷ प्रकाशक मणिराज भट्टराई, महाप्रतिवाद साप्ताहिकका सम्पादक÷ प्रकाशक तारा लामगादे रहेका छन् । त्यस्तै, दिव्य रोशनी साप्ताहिककी सम्पादक÷ प्रकाशक मनिता चाम्लिङ, विजयपुर साप्ताहिककी सम्पादक÷ प्रकाशक गंगा पौडेल र हाम्रो कोशी आवाज साप्ताहिकका प्रकाशक शेखर जोगी रहेका छन् ।

सङ्घका अध्यक्ष मोतीराज सुनुवारले सञ्चार क्षेत्रको एकीकृत र सङ्गठित विकासका लागि सङ्गठित हुनुपरेको बताए । सङ्घले सञ्चार क्षेत्रको व्यावसायिक विकासमा भौतिक पूर्वाधार र दक्षताको महत्वपूर्ण योगदान हुने हुनाले सो विषयमा विभिन्न सरोकारवालासँग समन्वय पनि गर्ने जनाएको छ ।