धरानः धरानमा नेपाल प्रेस युनियनको नगर समन्वय समिति गठन भएको छ ।

शुक्रान्त राईको अध्यक्षतामा गठन भएको समितिमा ९ जना सदस्य रहेका छन् । समितिको उपाध्यक्षमा पारस राई, सचिवमा मात्रिकाप्रसाद नेपाल र कोषाध्यक्षमा दिलिप रेनोहाङ राई चयन भएका छन् ।

प्रेस युनियन र नेपाली काङ्ग्रेसका प्रतिनिधिको उपस्थितिमा गठन भएको समन्वय कमिटीमा लक्ष्मण थापा, साङ्गेन राई, शान्ता दाहाल निरौला, सङ्गीता राई र जुली विश्वकर्मा सदस्य रहेका छन् । नगर समन्वय कमिटीको सल्लाहकारमा हर्ष सुब्बा, हिमाल राई, वासुदेव बराल र सन्दीप राई रहेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र गोले, नगर सभापति तिलक राई, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सचिव श्याम पोखरेललगायतको उपस्थिति थियो ।