विराटनगरः पूर्व प्रधानमन्त्री एवम नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डले बम आतङ्क सृजना गरेर राजनीतिक सफलता हासिल गरिन्छ भन्नु सही नभएको तर्क गरेका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले एक दुुइ ठाउँमा बम पड्किँदैमा देशमा अस्थिर भएको भन्नु गलत भएको बताए ।

उनले विप्लव नेतृत्वको दल वार्तामा आउने विश्वास व्यक्त गरे । बम पड्काउनेसँग यथासम्भव होला भन्ने सञ्चारकर्मीको जवाफमा उनले सिके राउतको जवाफ दिँदै परिणाम आएपछि मात्र थाहा हुन पनि सक्छ भन्दै विप्लवबारे लचिलो अभिव्यक्ति दिएका छन् ।

राजनीतिक परिवर्तन भइसकेको भन्दै यसलाई संस्थागत गर्दै मुलुकको समृद्धिमा लाग्नुको विकल्प नभएको उनको भनाई छ ।
फरक प्रसङ्गमा दाहालले मिडिया काउन्सिल सम्बन्धी विधेयक आवश्यक परिमार्जनसहित आउने जानकारी दिए ।

उनले पत्रकारले आफैँ सचेत हुनुर्ने भन्दै के लेख्ने र नलेख्ने भन्ने बारे पत्रकार आफैँले टुँग्याउने विषय रहेको बताए ।