विराटनगरः प्रदेश एक संसदमा आज देखि चौथौ एवम बजेट अधिवेशन शुरु भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६, ७७ का लागि तयारी गरेको बजेट एवंम नीति कार्यक्रममा सांसदहरुबाट राय संकलन गर्ने तयारी रहेको सभामुख प्रदीप भण्डारीेले जानकारी दिएका छन् ।
अघिल्लो आर्थिक वर्ष सरकारले ल्याएको बजेटको समिक्षा गर्दै आगामी बजेटलाई कसरी उपलब्धिमुलक बनाउने भन्ने बारे संसदमा छलफल चल्नेछ । यस अघि संघीय संसदको अभ्यासअनुसार पहिले बजेट ल्याएर छलफल गर्ने प्रचालन रहे पनि प्रदेश एकले भने विनियोजन विधेयक संसदमा प्रस्तुत गरेर मात्र बजेट ल्याउने बताएको छ ।

यसले संसदको राय समेत संकलन हुँने हुँदा कम विवादरहित र जनमैत्री नीति तथा कार्यक्रम बजेटमा पर्ने सरकारी लक्ष्य रहेको छ ।
प्रदेश एकका आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङ्बोले प्रस्तुत गरेको विनियोजन विधेयकमा भोली देखि सांसदहरुले राय प्रस्तुत गर्नेछन् ।
मन्त्री आङ्बोल ८ पेज लामो विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।

चालु अार्थिक वर्षकाे बजेट हाल सम्म करिव २५ प्रतिशत मात्र खर्च हुन सकेकाे छ । अाउँदाे अार्थिक वर्षमा भने कसरी बढि र प्रभावकारी खर्च गर्न सकिन्छ भन्ने बारे छलफल केन्द्रित हुने बताइएकाे छ ।