विराटनगरः प्रदेश एककाे प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव काेइरालाले प्रदेश एक सरकार अलमलिएकाे टिप्पणी गरेका छन् । चाैथाे एवंम बजेट अधिवेशनकाे शुरूवातमा संसदमा शुभकामना दिँदै काेइरालाले साेचेअनुसार सरकारले काम गर्न नसकेकाे भन्दै कमजाेर सावित भएकाे बताए ।

सरकारले विभिन्न योजना सार्वजनिक गर्न हतारिने गरेको भए पनि योजना कार्यान्वयनमा भने फितलो भएको कोइरालाको भनाइ छ ।
संघीय र स्थानीय सरकारको आफ्नै संरचना भएको हुँदा योजना कार्यान्वयनमा सहजता रहेको भन्दै प्रदेश सरकार अड्किएको तर्क गरे ।

दुबै तहका सरकारका निकायसँग समन्वय गरेर जानुुपर्ने भन्दै अनिमात्र बजेट कार्यान्वयनमा सहजता थपिने राय प्रस्तुत गरे ।
विपक्षी दलको नेताको हैसियतमा कोइरालाले प्रत्यक्ष र समानुपाति सांसदमा भेदभाव नगर्न समेत समामुखमार्फत सरकारको ध्यानाकर्ष गराएका छन् ।

सांसदहरु बिच खाडल रहेको भन्दै कोइरालाले संसद विकास कोषका लागि छुट्याइएको रकममा कि दिदै नदिन र कि बराबर हैसियतमा दिनुपर्नेमा जोड गरे ।