विराटनगरः सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालकी सांसद विष्णुमाया तुुम्वाहाङले सङ्घीयता कमजोर बनाउने षडयन्त्र भएको बताएकी छिन् । सोमबार प्रदेश नम्बर १ को संसदको चौथो अधिवेशनलाई शुभकामना दिने क्रममा सांसद तुम्बाहाङले सङ्घीयता कमजोर बनाउने खेल भइरहेको तर्क गरिन् ।
प्रदेश सरकारले आशातीत प्रगति हासिल गर्न नसकेको भन्दै सङ्घीय सरकार नै प्रदेश सरकार नरहोस् भन्ने भावका साथ काम गरिरहेको उनले बताइन् । चाहेर पनि प्रदेश सरकारले काम गर्न नसकिरहेको देखेको भन्दै प्राप्त उपलब्धि गुम्ने खतरा देखेको उनले तर्क गरिन् ।
अहिलेसम्म प्रदेश एकको सरकारले चालुु आर्थिक वर्षको बजेटअनुसार २० प्रतिशत मात्र खर्च गर्न सकेको भन्दै जनताको घरआँगनमा योजना लिएर पुुग्न नसकेको बताइन् । सङ्घीय र स्थानीय सरकार धमाधम विकास निर्माणको काममा अघि बढेको भन्दै केन्द्रले सङ्घ कमजोर बनाउन खोजेको बताइन् ।
‘सङ्घीयतालाई साम्प्रदायिकतासँग जोडेर हेरियो’, उनले भनिन्, ‘अधिकार दिने कुरालाई जब मोड्न खोजिन्छ तब शक्ति हातमा लिएका व्यक्तिको उद्देश्य बुझिन्छ ।’ जनताको भावना र संविधानको मर्मअनुुसार सबै चल्नुपर्ने भन्दै सांसद तुम्बाहाङले अधिकार बाँडफाँडमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताइन् ।