विराटनगरः कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोईरालाले पार्टी नेतृत्वले कुबेला जागरण अभियान ल्याएको बताएका छन् । कांग्रेसको १४ औ महाधिवेशन सार्न जागरण अभियान ल्याएर अल्मलाउन खोजेको डा. कोईरालाले आरोप लगाएका हुन् ।
विराटनगरमा १२ अाैँ गणतन्त्र दिवस समाराेहकाे अवसरमा बाेल्दै उनले कांग्रेसका मूख्य नेतृत्वको समेत आलोचना गरे । पार्टीलाई एनजीओ र आईएनजिओ जस्तो बनाउने कुचेष्टा नगर्न समेत उनले चेतावनी दिए । कांग्रेसलाई पुनर्जागरण गर्न समयमै महाधिवेशन गर्नुपर्नेमा जोड थियाे ।
तर, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेसको जागरण अभियानले उर्जा थप्ने दाबी गरिन् । कांग्रेस भित्रको बैमनस्यता अन्त्य गर्न सवैले आ आफ्ना ठाउवाट म म भन्ने बेला आएको बताईन । यस्तै बर्तमान सरकारले लोकतन्त्र ,गणतन्त्र माथी एक प्रकारको कु गरिसकेको बताईन ।
लोकतान्त्रिक मूल्य मान्यता बिपरित बर्तमान सरकार चलिरहेको संग्रौलाको भनाइ थियो । कांग्रेस महानगरका सभापति भीम पराजुलीको सभपतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारी ,महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई ,कांग्रेसका पुराना नेता अशोक कोईराला ,कांग्रेस मोरङ सचिव नागेश कोईराला,मोदराज घिमिरे लगायतले आ आफ्ना धारणा राखेका थिए ।