उर्लाबारीः गणतन्त्र दिवसको अवसरमा मोरङको उर्लाबारीमा बुधबार नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले र्याली निकालेको छ ।
र्यालीले उर्लाबारी नगर परिक्रमा गरेको थियो ।

र्यालीमा काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सभामा नेपाली काङ्ग्रेस उर्लाबारीका सभापति वीरबल थापाले गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।