बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ९ ले बाल हिंसा तथा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

महिला हिंसाका घटना बढिरहेको बेला वडा नम्बर ९ ले बालविवाहसम्बन्धी कार्यक्रम गरेको हो । ‘सानै उमेरमा बालबालिका विवाह बन्धनमा बाँधिन्छन् वडाध्यक्ष नगेन्द्र खड्काले भने, ‘तिनै बालबालिकाको स्वास्थ्यमा समेत असर पर्छ ।’

बालमैत्री नगरको घोषणा गर्ने तयारीमा रहेको नगरपालिकामा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रम भइरहेका छन् ।