इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर ४ मा गणतन्त्र दिवसको अवसरमा ४० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।
साझेदारी नेपाल सुनसरीको आयोजना र देवानगञ्ज गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो ।
दिवसको अवसर पारेर ८० वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई एक समारोहका बीच सम्मान गरेको वडाध्यक्ष चन्देश्वर मेहताले बताए ।
८० वर्षदेखि १ सय वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरूलाई बुधबार पदम आधारभुत विद्यालयमा झुल र फलफूल दिइएको मेहताले बताए ।
ज्येष्ठ नागरिकहरूलाई वडा सदस्य नरेशकुमार पाल, सदस्य सुनितादेवी यादव र लक्ष्मी राम तथा वडा सचिव सुकलप्रसाद मेहताले सम्मान गरेका थिए ।
गणतन्त्र दिवसको अवसर पारी गढी गाउँपालिकामा प्रभातफेरी निकालिएको थियो भने इनरुवामा कविता प्रतियोगिता आयोजना गरिएको थियो ।