धरानः धरान उपमहानगरपालिका दलित विकास समितिको संयोजनमा जेठ २१ गते भानुचोकमा हुने आमसभामा धरानका सबै जातीय संस्थाको पहिचानसहित र्याली निकालिने भएको छ ।
आमसभाको प्रचारका लागि जेठ २० गते दिउँसो ४ बजे पब्लिक हाई स्कुलमा भेला भई मोटरसाइकल, स्कुटर, टेम्पो, सफारी लगायतका सवारी साधनको ¥याली महेन्द्रपथ, पुतलीलाइन, बुद्धचोक, चतरालाइन, सिंहदेवीचोक, पुरानो बजार, सदनरोड, देशीलाइन हु“दै भानुचोकमा लगिने भएको छ । त्यसपछि कोणसभा हुने समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिए ।
जेठ २१ गते बिहान १० बजे पब्लिक हाई स्कुलमा भेला भई सांस्कृतिक झाँकीसहित ¥याली निकाली भानुचोकमा आमसभा हुने बताइएको छ । आमसभालाई सफल बनाउन विभिन्न जातीय सङ्घ संस्था, राजनीतिक दल र अन्य सामाजिक सङ्घ संस्थाहरू समेटिएको ३७ सदस्यीय मूल समिति चयन भएको संयोजक किशोर परियारले जानकारी दिएका छन् ।
आमसभालाई प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, सांसद उमिता विश्वकर्मा, अधिकारकर्मी तथा अभियन्ता दलर्मदन कामी, सरु सुनार, अनिता परियार, डिबी शाहशंकरलगायतले सम्बोधन गर्ने तयारी भएको आयोजकले जानकारी गराएको छ । आमसभालाई आदिवासी जनजाति, महिला, ब्राह्मण समाज लगायतका प्रतिनिधिहरूले समेत सम्बोधन गर्ने भएका छन् ।