इटहरीः इटहरी स्थानीय सरकारले दयानन्द वैदिक मिसन (डिभिएम) ग्लोबल स्कुलको सार्वजनिक जग्गामा गरेको तारजाली भत्काइएको छ । सुनसरीको झुम्काको एलएमएन ठेकेदार कम्पनीले कंक्रिटको संरचनामा बनाइएको जारजाली भत्काइएको छ ।

ठेकेदार मनोज धमलाका अनुसार बुधवार राती पोलमा तारजाली लाएर बिहान आउँदा सबै भत्काइएको थियो । ‘हामीले तारजाली गलाएर गयौँ’, ठेकेदार मनोज धमलाले भने, ‘बिहान आउँदा सबै भत्काइएकाे देखियो ।’ आफूहरूले गरेको काममा बिहान भत्काइएको पाइएपछि काममा समस्या भएको धमलाले बताए । उनले भने, ‘एकै काम दुइपटक गर्नुपर्दा हामीलाई तनाव भएको छ ।’

आफूहरूले चार दिनदेखी घेराबाराको काम गरेको र आजबाट अदालतको स्टे अर्डर मानेर काम रोकिएको ठेकेदार धमलाले बताए । तीन समय मिटर क्षेत्रको तारजालीको लागी ८ लाखमा काम हुँदै गरेको तर लगाएको तारजाली भत्काइएपछि र अदालतको स्टे अर्डर आएपछि समस्या भएको धमलाले बताए ।

यता डिभिएम स्कुलका सञ्चालक वेणुप्रसाद सिटौलाले स्कुलले तारजालीमा केही नगरेको जिकिर गरे । उनले भने, ‘पोल गाडिएको केही समय हुन नपाइकन जाली लाएकाले चर्किएको छ । केटाकेटी खेल्न आँउछन भत्काएछन ।’

dvm school building pradeshportal.com

स्कुलले तराजाली भत्कायो, हामी अदालतको आदेश मान्छौँः  कार्यवाहक मेयर लक्ष्मी गौतम

गत ८ गते इटहरीको भिडिएम स्कुलमा डोजर लिएर पुगेका इटहरीका मेयर द्धारिकलाल चौधरीले नाली खनेर आएका थिए । सोही दिन कर्मचारीलाई कुटपिट र पत्रकारलाई लोपारेपछि मेयर विरुछ कर्मचारीको नाराबाजी र पत्रकारको विरोध भयो । मेयरले इटहरी छाडे ।

विवादमा आएर मेयर चौधरीले इटहरी छाडेपछि कार्यवाहक मेयर भइन उपमेयर लक्ष्मी गौतम । गौतले १२ गतेबाट डिभिएमले मिचेको भनिएको सार्वजनिक जग्गाको क्षेत्रमा तारजाली लाउन आग्रह गरिन । केही समय अगाडि लागेको ठेक्काको आधारमा तारजाली लाग्यो । डीभीएमले ३ बिघा हाराहारी सरकारी जग्गा मिचेर निजी प्रयोजनमा प्रयोग गरेको उपमहानगरको भनाइ छ । ६ कठ्ठा निजी जमिन किनेर बाँकी सार्वजनिक जमिन हडपिएको उपमहानगरको भनाइ छ ।

स्थानीय सरकारले तारजाली लाउन थालेपछि डिभिएम स्कुल अदालतमा पुगेको थियो । डिभिएमले निषेधाज्ञाको माग गर्दै मुद्दा दायर गरेपछि बुधवार जिल्ला अदालत सुनसरीले २३ गते सम्म तत्काल केही नगर्न आदेश दियो । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालले विद्यालयको जमिनमा तत्काल केही नगर्न भन्दै २०७५–सिपी– २२५३ नम्बरको अन्तरिम आदेश दिएका थिए ।

तर, बिहीबार बिहान अघिल्लो दिन लाएको तारजाली भत्कियो । भत्किनुमा स्कुलकै दोष भएको कार्यवाहक मेयर लक्ष्मी गौतमले बताइन । आफूले बुधवार स्कुल परिसरमा पुग्दा पोल हल्लाएको पाएको र भोलिपल्ट बिहान सबै भत्काइएको देखिएको गौतमले बताइन । ‘विद्यालयका कर्मचारी र सुरक्षा गार्डको चौबिसै घण्टा निगरानी हुने विद्यालयमा कसैले आएर तारजाली भत्काउदैन’, कार्यवाहक मेयर गौतमले भनिन, ‘सिधासिधि भत्काउने दोष स्कुललाई जान्छ ।’

आज ४ बजे अदालयतको तत्काल केही नगर्नु भन्ने आदेश पाएपछि  काम बन्द गर्न आग्रह गरेको गौतमले बताइन । स्थानीय सरकारले अदालतको २३ गते सम्म केही नगर्नु भन्ने अन्तरिम आदेश मानेपनि स्कुलले भने तारजाली भत्काएको गौतमले बताइन । ‘हिजोको तारजाली आज भत्काए र आजको तारजाली भोलि भत्काउछन’, गौतमले प्रदेशपोर्टललाइ भनिन, ‘यो सरासर गलत काम भएको छ । २४ गते अदालतमा पुगेपछि हामी यो कुरा सम्मानित अदालतमा राख्नेछौँ ।’