उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले आफ्नो क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् ।
शनिबार उर्लाबारी–४ को नगरपालिका मार्गको सडक कालोपत्रेको उनले अनुगमन गरे । प्रदेश सरकारको रातो किताबमा परेको नगरपालिका मार्गको ४ सय ३० मिटर सडक कालोपत्रे भएको छ । जेठ २२ गतेभित्र उक्त सडक कालोपत्रे सम्पन्न गर्ने सम्झौता भएको थियो ।

addd

सङ्कल्प एलबीजेभी विराटनगरले ठेक्का पाएको उक्त सडकको कालोपत्रे गुणस्तरीय बनाउन पटकपटक खबरदारी गरेको र नगरपालिकामार्गलाई नमूना बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुद्धिप्रसाद राईले जानकारी दिए । उनका अनुसार साढे १ किलोमिटर सडकको डे«न निर्माण भइसकेको छ । ५७ लाख ६५ हजार रुपैयाँ लागतमा उक्त डे«न निर्माण गरिएको र हालसम्म उर्लाबारी नगरपालिकाबाट १ लाख ३० हजार रुपैयाँ निकासा नभएको उनले बताए ।

सांसद लिम्बूले उर्लाबारी नगरपालिका –३ स्थित सोल्टी खोलामा निर्माण गरिएको तटबन्धको अनुगमन गरेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास अन्तर्गत २५ लाखको बजेटमा निर्माण भएको तटबन्धको सांसद् साम्बाले अनुगमन गरेका हुन् । अनुगमनमा सांसद् साम्बासहित वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै, मोरङको मिक्लाजुङ–६ को सुकुम्बासी बस्तीमा भइरहेको तटबन्धको अनुगमन पनि सांसद लिम्बूले अनुगमन गरेका छन् । प्रदेश सरकारको २५ लाख रुपैयाँको बजेटमा तटबन्धनको काम भइरहेको सांसद लिम्बूले जानकारी दिए ।