झापाः झापाको कमल गाउँपालिकामा सम्पन्न गौतम समाजको भेलाले त्रिलोचन गौतमको अध्यक्षतामा १० सदस्यीय गौतम समाज कमल गाउँपालिका तदर्थ समिति गठन गरेको छ ।
समाजका झापा अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य छविलाल गौतमको सभापतित्वमा भेला सम्पन्न भएको थियो । भेलाले समाजको उपाध्यक्षमा दीपा, सचिवमा ओमप्रकाश, सहसचिवमा खेमनाथ र कोषाध्यक्षमा भूमिका गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यमा हरिप्रसाद, आनन्दसन्तोष, कौशिला, सुमन र भुपेन्द्र गौतम चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिप्रसाद गौतमले हरेक बन्धु एक आपसमा नफुटी जुटेर अघि बढ्न आग्रह गरे । सभापतिको आसनबाट बोल्दैं छविलाल गौतमले आफ्ना बन्धु बान्धवमा परेको सुखदुःखमा साथ दिनु सबैको कर्तव्य भएको बताए ।