लोकसेवा तयारी सामग्री

१. साउदी अरबका पत्रकार जमाल खग्गोसीको हत्या टर्कीस्थित साउदी अरबको कन्सुलेट कार्यालयमा कहिले भयो ?

-  सन् २०१८ अक्टोबर २  

 

 
२. ‘डुइङ बिजनेस रिपोर्ट २०१९’ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?

- ११० औँ स्थान
(नोट –  गत वर्ष यो रिपोर्टमा नेपाल १०५औँ स्थानमा रहेको थियो
। यो रिपोर्ट विश्व बैंकले तयार गर्ने गर्दछ।)

 

 

३. प्रदेश नम्बर ३ को सरकारले मुद्रा संग्रहालय कहाँ निर्माण गर्ने भएको छ ?

- दोलखा

 

 

४. नगर प्रमुखहरूको विश्व संसद् सदस्यमा नेपालका तर्फबाट निर्वाचित नगरप्रमुख को हुन् ?

- बैकुण्ठ न्यौपाने
(नोट – २०१८ अक्टोबर २१–२३ मा बेलायतमा भएको विश्व संसद् सम्मेलनबाट निर्वाचित न्यौपाने तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख हुन्
।)

 

 

५. नेपालसँग दौत्यसम्बन्ध कायम गर्ने १६३ औँ मुलुक कुन हो ?

- सुरिनाम (२०१८ अक्टोबर ११)

 

 

६. प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती (दोलखा) मा कहिलेदेखि केबुलकार सेवा सञ्चालनमा आयो ?

- २०७५ कात्तिक १७ गते

 

 

७. २०७५ सालको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार कसलाई प्रदान गरियो ?

- राजेन्द्रराज पन्त (गोरखा)

 

 

८. ओजोन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने प्रथम वैज्ञानिक को हुन् ?

- सेरउड रोल्यान्ड

 

 

९. सन् २०१८ जनवरी १ देखि २०१९ डिसेम्बर ३१ सम्मका लागि चयन भएका संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरू कुन–कुन हुन् ?

- इक्वेटोरियल गिनी, कुवेत, आइभोरी कोस्ट, पोल्यान्ड र पेरु

 

 

१०. चर्चित साहित्यिक कृति ‘प्रेतकल्प’का लेखक को हुन् ?

- नारायण ढकाल

 danphe advt

 

११. शाहकालमा सरकारी कर्मचारीका साथै केही खास कामका लागि नियुक्त कर्मचारीलाई समेत जागिरको रूपमा दिइने जग्गालाई के भनिन्थ्यो ?

- किपट

 

 

१२. बहुचर्चित चित्रकार माइकल एन्जेलोले २० वर्ष लगाई निर्माण गरेको बहुचर्चित चित्रको नाम के हो ?

- द लास्ट जजमेन्ट

 

 

१३. औद्योगिक व्यवसाय ऐन २०७३ कहिलेदेखि कार्यान्वयनमा आयो

- २०७३ मंसिर ७ गते

 

 

१४. जी-२० को १३औँ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?

- अर्जेन्टिनाको ब्युनर्सआयर्समा 
(नोट – २०१८ नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म सम्मेलन सम्पन्न भएको थियो भने आगामी १४औँ शिखर सम्मेलन जापानको टोकियोमा हुँदैछ
।)

 

 

१५. बैंक अफ दी इअर २०१८ घोषित हुन सफल बैंक कुन हो ?

- एनएमबी बैंक (गत साल पनि एनएमबी नै रहेको थियो।)

 

 

१६. जनआन्दोलन स्वर्णपदक २०७५बाट कसलाई सम्मानित गरियो ?

- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
(नोट –  गत वर्ष यो स्वर्णपदकबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सम्मानित गरिएको थियो
।)

 

 

१७. युइएफए प्लेयर अफ दी इअर २०१८ हुन सफल खेलाडी को हुन् ?

- लुका मोड्रिक (क्रोएसिया)

 

 

१८. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?

- नगरपालिकाको उपप्रमुख
 

१९. विश्वविख्यात वैज्ञानिक स्टेफन हकिंग्सको निधन कहिले भयो ?
- सन् २०१८ मार्च १४ 

 

 

२०. विश्व रेबिज दिवस कहिले मनाइन्छ ?
- सेप्टेम्बर २८