बेलबारीः बेलबारी नगरपालिकाले महिलालाई उद्यमी बनाउन मोतीको माला बनाउने तालीम दिन थालेको छ ।
महिलालाई स्वरोजगार बनाउन तालीम दिएको नगरपालिकाले जनाएको छ । एक हप्तासम्म दिइने तालीममा मोतीको माला बनाउने, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउन सिकाइने जनाइएको छ ।
नगरपालिकाको महिला शाखाले गरेको तालीममा बेलबारीका २५ जना भन्दा बढी महिलाको सहभागिता रहेको छ । महिलालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम गरिने मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।