फाइल तस्बिर
झापाः झापाको अर्जुनधारा–८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आइतबार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको थियो । सो आगलागीले घरसहित घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो । सो आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।