झापाः नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा क्षेत्र नम्बर ४ का इञ्चार्ज तथा झापा जिल्ला सचिवालय सदस्य राधाकृष्ण खनाललाई पुत्री शोक परेको छ ।

सोमबार झापाको धरमपुर चोकमा भएको सवारी दुर्घटनामा परी नेता खनालकी २७ वर्षीया छोरी रञ्जना खनालको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकल र रञ्जना सवार मे ७ प १६८७ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–१ स्थित धरमपुर चोकमा बिहान साढे १० बजेतिर भएको दुर्घटनापछि रञ्जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा मृत्यु भएपछि उनको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी बेलुकी कन्काईमा अन्त्येष्टी गरिएको नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए ।

addd

मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका ५ का १७ वर्षीय मौसम पाण्डे घाइते छन् । उनको झिलझिलेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुघर्टनाग्रस्त दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।