बेलबारीः मोरङको केराबारीमा कार्यलयकै जग्गा नाप्न गएका एक वडा सदस्यको मृत्यु भएको छ ।

वडा नम्बर ३ का वडा सदस्य आइतसिंह मगरको सोमबार दिउँसो मृत्यु भएको हो । वडा सचिवसहितको टोली सर्जमिन मुचुल्काका लागि वडा नम्बर ३ को रामपुरमा पुगेको थियो । रामपुर पुगेर गफ गर्दागर्दै आँखा बन्द गरेर त्यहीँ ढलेका उनको तत्कालै मृत्यु भएको बताइएको छ ।

addd

वडाध्यक्ष भक्त श्रेष्ठ र वडासचिव अर्जुन चौहानसहित फिल्डमा गएका मगरको मृत्यु भएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले बताए । उनी लडेको स्थानमा रगत जमेर कालो देखिएकाले उच्च रक्तचापका कारण मृत्यु भएको हुन सक्ने उनले बताए ।

उनको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अध्यक्ष कार्कीले बताए ।