विराटनगरः विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली काङ्ग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

नेपाली काङ्ग्रेसको प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छन् । उनले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने काङ्ग्रेसको धारणा भएको पनि बताए । कार्कीले प्रजातन्त्रिक आन्दोलनको शुरुवात गर्ने निवासबाट हठात् निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएका छन् ।

addd

कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृह मन्त्रालयले पत्राचार गरी पूर्व विशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसँगै बिहीबारदेखि सुरक्षाकर्मी हटेका थिए ।