विराटनगरः संघीय सरकारले सुरक्षाकर्मी हटाएपछि राजनितिक एेतिहासिक थलाेकाे रूपमा रहेकाे काेइराला निवासमा विराटनगर महानगरपालकाकाले सुरक्षा प्रदान गरेकाे छ । शसस्त्रप्रहरीकाे एक टुकडी केहि दिन अघि देखि हटेपछि महानगर प्रमुख भिमप्रसाद पराजुलीले नगर प्रहरी पठाएकाे जानकारी दिएका छन् ।

राजनीतिक प्रतिशाेध साँध्ने निहुँमा सरकारले एेतिहासिक स्थलाेकाे सुरक्षा हटाएकाे प्रति नेपाली काँग्रेसले अापत्ति प्रकट गरेकाे छ । विराटनगर महानगरपालिका मेयर पराजुलीले संघीय सरकारले सुरक्षाकर्मी हटाएपनि स्थानीय सरकारले सुरक्षाकाे दायित्वबाट पछि हट्न नसकेकाे जानकारी दिएका छन् । सरकारले अर्काे व्यवस्था नगरून्जेल सम्मका लागि विराटनगर महानगरले नगर प्रहरीद्वारा सुरक्षा प्रदान गर्ने प्रतिक्रिया दिएका छन्र ।