विराटनगरः प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६, ७७का लागि भोली संसदमा पेश हुने नीति तथा कार्यक्रम पास गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद बेठकले नीति तथा कार्यक्रम पास गर्ने र भोली ३ बजे संसदमा पेश गर्ने निर्णय गरेको प्रवक्त एवंम आन्तरिक मामिला एवंम कनुनमन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् ।

यो सँगै सामाजिक विकास मन्त्रालयले तयार पारेको मुख्यमन्त्री फुटबल संचालन कार्यविधि २०७६लाई स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहतका निकायबाट कार्यक्रम संचालन गर्ने गरि १७ ओटा कार्यविधि समेत स्वीकृत गरेको छ ।जसमा चाक्लाबन्दी खेती प्रवर्दन कार्यक्रम, सामुदायिक कृषि यान्त्रिकरण सेवा केन्द्र व्यवस्थापन तथा संचालन, कृषि बजार तथा संकलन केन्द्र निर्माण कार्यविधि, काफि, कीवि खेती संचालन कार्यविधिलगाएतका रहेका छन् ।

त्यस्तै आन्तरिक मामिला एवम कानुन मन्त्रालयले तयार पारेको विपदबाट भएको क्षती खोज, उद्धार, तथा राहत वितरण सम्बन्धित मापदण्ड २०७६लाई समेत मन्त्रीपरिषदबाट स्वीकृत गरिएको छ ।