१. संघीय संसदबाट आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत भएको बजेटमा कति प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ ?

- ८.५%  (मुद्रास्फिती ६ %, कुल बजेट १५ खर्व ३२ अर्ब ९६ करोड ७१ लाख, चालुतर्फ ६२.४% र पुँजीगततर्फ २६.९%)

  

२. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०१९ मे २२ को नारा के रहेको छ ?

  - ‘खाद्यान्न र स्वस्थ्य जीवनका लागि जैविक विविधता’

 

 ३. भर्खरै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा को नियुक्त भएका छन् ?

- उमेश पटवाल (भारत)

 

 ४. १२औँ संस्करणको आइपिएल क्रिकेट २०१९ को विजेता कुन टोली भएको छ ?

- मुम्बई इन्डियन्स (उपविजेता चेन्नई सुपर किङ्स)

 

 ५.  विश्व सिमसार दिवस २ फेब्रअरी २०१९ को नारा के रहेको थियो ?

- (सिमसार र जलवायु परिवर्तन) Wetland And Climate Change 

(नेपालले सन १९९१ देखि यो दिवस मनाउँदै आएको छ ।)   

 

 ६. दुर्लभ वन्यजन्तु रेड पाण्डा अर्थात् हाब्रेको प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?

  - इलामको सन्दकपुर

 

 ७. २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहितामा कति भाग रहेका छन् ?

-  ६ भाग

 

 ८. २०७४ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

- नवराज पराजुली

 

 ९. ओजोन तह बचाउ सम्बन्धी ‘मन्ट्रियल महासन्धि’लाई नेपालले कहिले अनुमोदन गर्यो ?

- २०७५ भदौ ७  गते

 

 १०. पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन कहिले भयो ?

- २०७५ पौष ३ गते

  

११. संयुक्त महासंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनार्थ कार्य (एक्सन फर पिसकिपिङ)को आरम्भ कहिले गरे ?

-  सन् २०१८ मार्च २८

 

 १२.  विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?

- अनुसेह अन्सारी (अमेरिका- इरानेली मूल)

 

 १३. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १६६औँ मुलुक कुन हो ?

- इस्वातिनी (२०१९ मे ९ मा, यसको पुरानो नाम स्वाजिल्यान्ड हो)

 

 १४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?

- मे १२

 danphe advt

 १५. २०१९ मा नेपालमा सञ्चालन हुने १३औँ दक्षिण एसियाली खेलकूदको लोगो र मस्कटका डिजाइनर को हुन् ?

- भोलानाथ पौड्याल

 

 १६. (BRICS) ब्रिक्सको ११औँ सम्मेलन २०१९ मा कुन देशमा हुँदै छ ?

 - ब्राजिल (१०औँ २०१८ मा दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको थियो ।)

 

 १७. नेपालले सर्वप्रथम कुन देशसँग श्रम सम्झौता गरेको थियो ?

   - कतार

 

 १८. Father Of Microbiology भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?

   - लुई पास्चर

 

 १९. २०७६ जेठ ४ मा मनाइएको बुद्ध जयन्ती कतिऔँ बुद्धजयन्ती हो ?

 - २५६३ औँ

 

 २०. आर्थिक सर्भेक्षण ०७५/७६ अनुसार कति प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेका छन् ?

- ७७.८ प्रतिशत (२०७५/७६ फागुनसम्ममा कुल विद्युत् उत्पादन ११४२ मेघावाट रहेको छ ।)

 

याे पनिः

भाग- ४८