इटहरीः पत्रकार विराट अनुपममाथि इटहरीका मेयरले दिएको धम्कीको विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोध जनाएको छ । महासङ्घका सचिव हिमाल दाहाल र सहसचिव धु्रव ढकालद्वारा जारी विज्ञप्तीमा महासङ्घको ध्यानाकर्षण भएको बताइएको छ ।

अघिल्लो पटक भएको पत्रकार माथिको दुव्र्यवहारमा माफी मागेका मेयरबाट पुन दोहोरिएको घटनाप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । पत्रकारले सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने, मेयरले सार्वजनिक स्थानमा माफी माग्नुपर्ने अन्यथा महासङ्घ सशक्त आन्दोलनमा उत्रने चेतावनी विज्ञप्तीमा उल्लेख छ ।