विराटनगः प्रदेश एक सरकारले अाज ल्याउन लागेकाे नीति तथा कार्यक्रम एक दिनका लागि स्थगित गरिएकाे छ । मुस्लिम धर्मवालम्वीकाे चाड इद उल फितल परहेकाे हुँदा भाेली सम्मका लागि सारीएकाे बुझिएकाे छ । तर, सरकारले अाधिकारिक रूपमा भने कुनै जानकारी गराएका छैन ।

प्रदेश सभा सचिवालयका सचिव गाेपाल पराजुलीले अाजकाे ३ बजे संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम स्थिगत भएकाे पुष्टि गरेका छन् ।

हिजाे बेलुका ५ बजे बसेकाे प्रदेश एक मन्त्रीपरिषद बैठकले बुधवार सार्वजनिक हुने नीति कार्यक्रम स्वीकृत गरेकाे थियाे । याे सँगै अन्य केहि कार्यविधिसमेत स्वीकृत गरेकाे थियाे ।

प्रदेश सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदैअाउँदाे अार्थाक वर्षका लागि बजेट ल्याउने तयारी गरेकाे छ ।