झुम्काः सुनसरीको रामधुनी नगरपालिकामा सञ्चालन भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
स्वीस कन्ट्याक्ट नेपाल र एक्टिभ नेपालको साझेदारीमा युवा रोजगार परियोजना अन्तर्गत तालिम भएको थियो ।
तालिममा व्यक्तिगत उद्यमशीलता, सक्षमता पहिचान, उद्यम र उद्यमशीलताको अवधारणा, व्यवसाय सेवा, व्यवसायको अवधारणा, व्यवसाय दर्ता तथा कानुनी पक्षहरूका बारेमा जानकारी दिइएको थियो । त्यस्तै, आत्मविश्लेषण, जोखिम लिने क्षमताको पहिचान, बजार र बजारीकरणको अवधारणा, व्यावसायिक प्रतिस्पर्धा र समन्वय, बिक्री कलाको विकास, व्यावसायिक योजनाको परिचयलगायतका विषयमा सहभागीलाई जानकारी दिइएको थियो । एक्टिभ नेपाल मोरङ सुनसरीका कोअर्डिनेटर अनिरुद्र चौधरी र रवीन्द्र उराँवले तालिममा सहजीकरण गरेका थिए ।
सुनसरीमा ४५ जना युवाहरूलाई व्यवसायी बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको चौधरीले बताए । सहभागी युवाहरूले यो तालिमले आफूहरूमा व्यवसाय गर्न थप सहयोग र हौसला मिलेको बताए । तालिममा १९ जना युवा सहभागी थिए ।