झापाः पार्टीमा गुटबन्दी भएको भन्दै नेपाली काङ्ग्रेसको झापा जिल्ला नेतृत्व आफ्नै नेता कार्यकर्ताबाट आलोचित बनिरहेको छ । पार्टीका नेता कार्यकर्ताले आ—आफ्नो सामाजिक सञ्जालमा गुटबन्दीको विरोध गरिरहेका छन् ।
काङ्ग्रेस जिल्ला सभापति उद्धव थापा र सचिव प्रेम सम्वाहाम्फेबीच समितिलाई पूर्णता दिने विषयमा विवाद भएपछि सचिव सम्बाहाम्फेले बैठक नै बहिस्कार गरेको समाचार बाहिर आएको छ ।
समाचार बाहिर आएपछि आफ्नो सामाजिक सञ्जालमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वले गुटकै कारणले झापामा फेरि काङ्ग्रेस सकिने भो भनेर चिन्ता व्यक्त गर्न थालेका छन् । तर सचिव सम्बाहाम्फेले भने सभापतिले आफ्नो कुनै कुराको सम्बोधन नगरेका कारण बैठकमा बस्नुको कुनै औचित्य नहुने भन्दै बाहिरिएको प्रतिक्रिया दिएका छन् ।