विराटनगरः प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६, ०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश एक संसदमा मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुख गोविन्द्र तुम्वाहाङलाई सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचनका लागि हस्ताण्तरण गरेका थिए ।
प्रदेश प्रमुख तुुम्वाहाङले प्रस्तुत गरेको कार्यक्रममा अधिकाँश अघिल्लो आर्थिक वर्षका कार्यक्रम दोहोरिएका छन् । कृषिलाई प्रमुखताका साथ प्राथमिकतामा राखेको प्रदेश एक सरकारले दोस्रो प्राथमिकतामा पर्यटनलाई नै राखेको थियो । अघिल्लो साल पनि क्रमशः कृषि र पयटनलाई प्राथमिकतामा राखेको थियो ।

आउँदो आर्थिक वर्ष भित्र प्रदेश एकमा ५ लाख पर्यटन भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ । जल पर्यटनको सम्भावनालाई उजागर गर्न कोशी नदीमा जलयात्राको कार्य अघि बढाउने योजना सरकारको रहेको छ ।

रोजगारी अभिबृद्धि गर्ने, आवश्यक विकासमा पूर्वाधारमा जोड दिने, सबै निर्वाचन क्षेत्रमा मुख्यमन्त्री सडकको कार्यलाई तीव्रता दिने, सबै स्थानीय सरकारका केन्द्रलाई सडक संजालले जोड्ने, धनकुुटामा अत्याधुनिक स्वास्थ्य स्वास्था सहित मेडिकल कजेल संचालन गर्ने, धरान मुलघाट सुरुङमार्गको सम्भाव्यता अघि बढाउने, कृषि जोनको स्थापना गर्ने, हरेक गाउँमा एक उत्पादनलाई जोड दिने, अनुदानमुखी कृषि योजनालाई विशेष जोड दिने, युवाको सीपलाई स्वदेशमा उपयोग गर्ने लगाएतका नीति अवलम्वन गर्ने सरकारको तयारी छ ।

प्रदेश एक सरकारले महत्वपुुर्ण योजनाको रुपमा झापाको केचना देखि सगरमाथाको फेदी सम्म पुुग्ने दु्रत मार्गलाई प्राथमिकता दिने बताएको छ ।
निजि क्षेत्रलाई विश्वासमा लिँदै प्रदेशको समृद्धिमा हातोमालो गरेर लैजाने सरकारको योजना रहेको छ । विकासका योजनामा संघीय र स्थानीय सरकारसँग समन्वय गर्दै जनताका आधारमा आवश्यता सम्बोधन गर्न प्रदेश सरकार तयार रहने योजनामा उल्लेख छ ।