धरानः धरानको वडा नम्बर ८ र १५ मा डेङ्गु रोग फैलिएपछि आफ्नो वडाका बासिन्दालाई चेतना दिन १२ नम्बर वडाले घरदैलो अभियान शुरु गरेको छ ।

वडा कार्यालयले वडावासीको सहभागितामा डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम सँगै सरसफाइ अभियान शुरु गरेको छ । शुक्रबार पानीट्याङ्कीदेखि छाताचोक हुँदै भानुचोकसम्म घर घरमा पसेर पानी जमेको ठाउँमा मट्टीतेल छर्कने र जमेको पानी पोख्ने काम भएको वडा कार्यालयले जनाएको छ ।

१२ नं. वडामा डेङ्गु सङ्क्रमित व्यक्ति नभेटिए पनि बेलैमा सचेत हुन आवश्यक भएकाले अभियान शुरु गरिएको वडाध्यक्ष टंक राईले बताए । कुचो लिएर सहभागी भएका वडावासीले घर आँगन सडक तथा ड्रेनमा रहेको फोहोरमैला सफा गरेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, टोल उत्थान समूहका अध्यक्ष एवं पदाधिकारी र वडाबासीको सक्रिय सहभागिता रहेको थियो । धरान नगरपालिकाले डेङ्गुले महामरीको रुप लिन सक्ने भएकाले र्यापिड रेस्पोन्स टिम गठन गरी नियन्त्रणको कार्य गरिरहेको छ ।

dengu niyantran drn 12 (2) dengu niyantran drn 12 (5) dengu niyantran drn 12 (3)