धनकुटाः सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना अवलोकनको लागि गएका आन्तरिक पर्यटक सवार बस बुधबार बिहान ११ बजे दुर्घटनामा परेको छ ।
धनकुटाको साँगुरीगढी–६ कोलबोटेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर घाइते रहेको बताइएको छ ।
को. १ ख. ३५८३ नम्बरको सो बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । दुर्घटनामा परेका सबै घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।