१. श्री स्वस्थानी व्रतकथा कुन पुराणबाट निकालिएको हो ?

- स्कन्द पुराण

 

२. इस्लाम धर्ममा 'जकात' र 'जनाजा'ले के-के जनाउँदछन् ?

- जकात- दान र जनाजा- मलामी

 

३. 'वसन्त नाच' नेपालका कुन जातिमा प्रचलित छ ?

- ज्यापू

 

४. लिम्बू भाषा कुन लिपीमा लेखिन्छ ?

- सिरिजङ्गा लिपी

 

५. बोडो नामले चिनिने नेपालको कुन जाति हो ?

- मेचे जाति

Danphe 8

 

६. कात्तिक नाचको प्रचलन ल्याउने मल्ल राजा को थिए ?

- सिद्धिनरसिंह मल्ल

 

७. शिखर शैलीमा बनेको उत्कृष्ट मन्दिर कुनलाई मानिन्छ ?

- पाटनको कृष्ण मन्दिर

 

८. किराँत जातिको धार्मिक ग्रन्थ मुन्धुमका रचयिता को थिए ?

- इमानसिं चेम्जोंग

 

९. नेपाललाई धर्म निरपेक्ष राष्ट्र कहिले घोषित गरिएको हो ?

- २०६३ जेठ ४ गते

 

१०. पाङ्दुरे नाच नेपालको कुन जातिमा प्रचलित छ ?

- मगर

 

११. कर्माधर्मा नाच कुन जातिमा प्रचलित छ ?

- झाँगड

 

१२. शेर्पा जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ?

- फोग्यु

 

१३. लेप्चा जातिको संग्रहालय नेपालको कुन जिल्लामा रहेको छ ?

- इलाम

 

१४. लतार्ने विवाह कुन जातिमा प्रचलित छ ?

- छन्त्याल

 

१५. कुन जातिको आराध्यदेव महाभारतकालीन भीमसेनलाई मानिन्छ ?

- माझी