बिर्तामोडः बिर्तामोडस्थित कन्काई हस्पिटलमा एपेन्डिक्सको उपचारका लागि आएकी देविका तामाङको मृत्यु भएको छ । मृतकका आफन्तले डाक्टरको लापर्वाहीले मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् ।
इलामको सूर्याेदय नगरपालिका–९ फिक्कलबाट उपचारका लागि आएकी २१ वर्षीया देविका तामाङलाई गत बुधबार एपेन्डिक्सको अप्रेसन गरिएकोे मृतक देविकाका बुुवा दावा तामाङले बताए ।
‘आइतबार बिहान ८ बजे एक्कासी डाक्टरले बिरामीको अवस्था अलिक खराब भयो,’ उनले भने, ‘त्यसपछि विराटनगर लैजानु भनेको र कन्काई हस्पिटलकै एम्बुलेन्समा राखी विराटनगर नोबेल अस्पताल लैजाँदै गर्दा बिरामीको मृत्यु भएको हो ।’
मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोषकुमार मिश्रलाई कारवाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै राखेर प्रदर्शन गरिरहेका छन् । आइतबार रातीसम्म कन्काई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ ।