विराटनगर: डेंगुु प्रभावित क्षेत्रका लागि प्रदेश एक सरकारले ८० लाख छुट्याएको छ । आपतकालिन उद्धार कोष अन्तर्गत प्रदेशसरकारले यो बजेट तत्कालका लागि निकासा हुने गरि छुुट्याएको मुख्य मन्त्री शेरधन राईले संसदमा जानकारी गराएका छन् ।

धरानमा बैशाख अन्तिम सातादेखि फैलिएको डेंगुुले महामारिको रुप लिएको छ । डेंगुु अनियन्त्रित रुपमा फैलिए पछि धरान उपमहानगरपालिकाले माथिल्ला सरकारसँग गुुहार मागेको थियो । संसदीय समितिले समेत संसदमा कुरा उठाए पछि प्रदेश सरकारको ध्यानाकर्षण भएको हा । धरानबाट फैलिएको डेंगुु आसपासका पालिकासमेत नफैलियोस भन्नका लागि सरकारले ३० लाख छुु्टयाएको हो ।

प्रकोप क्षेत्रमा भएको संक्रमणलाई न्युनिकरण गर्न उक्त बजेट खर्च गर्ने बताइएको छ । त्यस्तै बाँकि ५० लाख भने विरामीको निशुल्क उपचारका लागि खर्च गरिने मुख्यमन्त्री राईले जानकारी दिए । उनले धरान उपमहानगरपालिका भित्र ३ सय बढि व्यक्तिमा डेंगुुको संक्रमण फैलिसकेको हुँदा विपी प्रतिष्ठानमा उपचार गराएका सम्पुुर्ण विरामीको उपचार निशुुल्क गराइने जानकारी दिए ।

उनले प्रतिष्ठानमा भेन्टिलेटरको संख्या समेत बढाउने तयारी रहेको भन्दै सा कार्यका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने तयारी रहेको जानकारी दिए ।