इटहरीः सप्तकोशी नदीको पानी थुनिएर सप्तरीको भूमि डुुबानमा परेको छ । यसको प्रमुख कारण भारतले सप्तकोशीको नदीमा च्यानल बनाइ बहाब परिवर्तन गर्नुु हो ।
सप्तकोशी ब्यारेजभन्दा केही दूरीमा दक्षिणतर्फ भारतले पाइलट च्यानल बनाई पानीको बहाव पश्चिमतर्फ फर्काएको छ । जसका कारण सप्तरीको हनुुमाननगर कङ्कालिनी नगरपालिकाको ३ वडाका सयौँ घर डुुबानमा परेका छन् ।
बस्तीमा पानी पसेपछि नगरका ७, ८ र १२ नम्बर वडाका करिब १० हजार सर्वसाधारण त्रसित बनेका छन् । सोमबार रातिदेखि नेपाली भूमिमा पानी पस्न थालेको थियो । पानी पसेपछि सरकारी कार्यालय पनि डुुबानमा परेका छन् । सबैभन्दा बढी समस्या सामुदायिक विद्यालय र फुसको छानो भएका घरलाई परेको छ ।
स्थानीयका अनुसार भारतले एकतर्फी बनाएको बाँधमा च्यानलको प्रयोग गरी नदीको पानी पश्चिमतर्फ फर्काएको छ । भारतीय पक्षले आफूखुशी पानीको गति परिवर्तन गराइदिएपछि सप्तरीका भूभाग सामान्य वर्षामा पनि डुब्न थालेका हुन् । सोमबारदेखि भारतले सो पाइलट च्यानल प्रयोग गरेकै कारण नेपाली भूमिमा डुुबान भएको सप्तरी जिल्लाका डिएसपी भवेश रिमालले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा करिब २ हजार ५ सय घर डुुबानमा परिसकेका छन् ।
सोमबार सप्तकोशी नदीको पानीको बहाब १ लाख ७० हजार क्युसेक मापन हुँदा सप्तरीका विभिन्न स्थान डुुबानमा परेका हुन् ।

 अाज भने पानीकाे बहाब कम भएकाे र वस्तिभित्र छिरेकाे पानिकाे सतह केहि घटेकाे स्थानियले बताएका छन् ।